Lakhan Prog_2079-2-13-1Lakhan Prog_2079-2-13-2Lakhan Prog_2079-2-13-3Lakhan Prog_2079-2-13-5Lakhan Prog_2079-2-13-5Lakhan Prog_2079-2-13-3Lakhan Prog_2079-2-13-2
संक्षिप्त चिनारी
परिचय
नेपालको इतिहासमा जहाँनिया निरंकुश राणा शासनको अन्त्य गरी नेपाल राष्ट्र र नेपाली जनताको मुक्ति तथा प्रजातन्त्र स्थापनार्थ जनस्तरबाट संगठित सशस्त्र विद्रोहको नेतृत्व गरेका बीर योद्धा लखन थापा मगरले वि.सं. १९३३ मा सहादत
प्राप्त गरेका थिए । उनको स्मृतिमा स्थापित प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठान वि.सं. २०६५ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भई तत्पश्चात् क्रियाशील छ । प्रथम शहीद लखन थापामगरले
राष्ट्र र समाजका लागि पु¥याएका योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई राज्यबाट प्रथम शहिद एवम् राष्ट्रिय विभूतिको सम्मान दिलाउन पहल गर्ने र उनको योगदानको बारेमा अध्ययन–अनुसन्धान, प्रचार–प्रसार र सचेतनामूलक कार्य गर्ने उद्देश्यले यो प्रतिष्ठानको स्थापना हो ।
स्थापनाकालदेखि नै संस्थागत उद्देश्यानुसारको गतिविधिहरू जस्तैः अध्ययन–अनुसन्धान, प्रकाशन, बौद्धिक बहस, अन्तरक्रिया, वकालत तथा पैरवी गर्नुका साथै प्रथम शहीदको शालिक निर्माण, अन्य संघसंस्थाहरूसँग सहकार्य र समन्वयमा विविध कार्यहरू गर्दै आइरहेको छ ।
परिकल्पना
प्रतिष्ठानले सदैव सार्वभौम, पूर्ण लोकतान्त्रिक, शान्तिपूर्ण, पूर्ण समावेशी एवम् समृद्ध नेपाल र नेपाली समाजको परिकल्पना गरेको छ ।
ध्येय
प्रथम शहीद लखन थापा मगरले परिकल्पना गरेको नेपाल राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, दीगो शान्ति, देशभक्त नेपाली र पूर्ण समावेशी नेपाली समाज निर्माणका लागि उदाहरणिय संस्थाको रुपमा आपूmलाई स्थापित गर्ने यस प्रतिष्ठानको ध्येय रहेको छ ।
दीर्घकालिन लक्ष्य
- प्रथम शहीद लखन थापामगरले परिकल्पना गरेको नेपाल राष्ट्र«, राष्ट्रियता, लोकतन्त्र, पूर्ण समावेशी र उत्पीडनमुक्त
नेपाली समाज निर्माण गर्ने ।
- प्रथम शहीद लखन थापामगरको योगदान एवम् बीरगाथा
बारे नेपाली समाज र भावी पुस्तालाई सुसूचित गरी
देशभक्ति एवम् राष्ट्रियताको भावना जागृत गर्न उत्प्रेरित
गर्ने ।
संस्थागत मूल्य–मान्यता
- निष्पक्षता(Impartiality)
- तटस्थता (Neutrality)
- लोकतान्त्रिक व्यवहार ( Democratic Practic)
- सामाजिक समावेशीता ( Social Inclusion)
- नागरिक सर्वोच्वता Civic Supremacy)
- सामूहिकता (Collectiveness)
- सुशासन ( Good Governance)
उद्देश्यहरू
१. प्रथम शहीद लखन थापामगरलाई राज्यबाट राष्ट्रिय विभूतिको सम्मान दिलाउने;
२. प्रथम शहीद र उनको योगदान बारे अध्ययन–अनुसन्धान, प्रकाशन र प्रचार–प्रसार गर्ने, गराउने;
३. बुङ्कोट विद्रोह भएको ऐतिहासिक लखन थापा किल्ला पुरातात्विक उत्खनन् गरी आवश्यक संरक्षण कार्य गर्ने;
४.बुङ्कोट विद्रोहमा सहादत प्राप्त गरेका अन्य शहीदहरूलाई राज्यबाट शहीद सम्मान दिलाउन लबी–पैरवी गर्ने;
५.बुङ्कोट विद्रोहमा सहादत प्राप्त गरेका अन्य शहीदहरूको बारेमा खोज, अध्ययन गरी प्रकाशन र प्रचार–प्रसार गर्ने;
६.संघीयता, लोकतन्त्र, सामाजिक समावेशीता, सामाजिक न्याय र समाजको अग्रगामी परिवर्तनका लागि राष्ट्रिय हित एवम् सार्वजनिक सरोकारका सवालहरूमा बौद्धिक बहस, अन्तरक्रिया तथा संवाद गर्ने, गराउने;
७. ऐतिहासिक, राजनैतिक, भाषिक–संस्कृतिक, सामाजिक– आर्थिक, विकास, पर्यावरण लगायतका विविध सवालमा अध्ययन–अनुसन्धान, प्रकाशन जस्ता प्राज्ञिक कार्य गर्ने;
८.प्रथम शहीद लखन थापामगर र उनका सहयोद्धा शहीदहरूको नाममा समुदायको उत्थान, विकास र समृद्धिका लागि रचनात्मक कार्य गरी राष्ट्रनिर्माणमा योगदान गर्ने;